यी हुन् ५६ जिल्लाका भूमि आयोगका अध्यक्ष (सूची सहित)

सोमबार, पुस २९, २०८१

सरकारले ५६ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ ।

सत्तारुढ दल काङ्ग्रेस र नेकपा एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । आयोगका नियुक्त जिल्ला अध्यक्षको आजै शपथ गराउने तयारी छ ।

कोशी प्रदेशका १०, मधेसका ६, बागमतीका ८, गण्डकीका ५, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा आयोगका अध्यक्ष नियुक्त गरिएको हो ।

अब तेह्रथुम, धनकुटा, खोटाङ, सुनसरी, सप्तरी, रौतहट, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, बझाङ, कालीकोट र कञ्चनपुरमा अध्यक्ष नियुक्त हुन बाँकी छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्