बजेट अधिवेशनलाई ध्यान दिएर कांग्रेसले बोलायो संसदीय दलको बैठक

बिहीबार, वैशाख २७, २०८१

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ। आजको बैठकमा शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाको विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ। 

कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै आएको छ। यस प्रकरणमा संसदको हिउँदे अधिवेशनमा पनि कांग्रेसले लगातार विरोध जनाएको थियो। 

वर्खे अधिवेशनमा पनि कांग्रेसले यो माग जोडदार रुपमा उठाउने तयारी गरिरहेको छ। कांग्रेसले आफूहरुले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको आरोप लगाउँदै आएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्