राष्ट्रिय एकता दिवसमा चियापान, प्रधानमन्त्री ओलीले दुबै राप्रपाको राखिदिए मन

शनिबार, पुस २७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन् ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गरेका थिए ।

यसै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आयोजित चियापान कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी भएका छन् । प्रधानमन्त्री ओलीलाई उक्त पार्टीका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गरेका थिए ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्