वैशाख मसान्तमै बोलाए उपेन्द्रले केन्द्रीय समितिको बैठक

बुधबार, वैशाख २६, २०८१

पार्टी विभाजन पछि उपेन्द्र यादवले पार्टी केन्द्रीय समितिको बैठक डाकेका छन्। मुलुकको वर्तमान राजनीतिक परिस्थिति र आगामी राष्ट्रिय महाधिवेशनसहितका विषयमा निर्णय लिन पार्टी अध्यक्ष उपेन्द्र यादवले बैठक आह्वान गरेका हुन् ।

जनता समाजवादी पार्टी नेपालको बैठक वैशाख ३१ गतेदेखि जेठ १ गतेसम्म पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने तय भएको छ । पत्रमा राजनीतिक समिति सदस्य, केन्द्रीय समिति सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ । पार्टी विभाजन भएपछि यादवले केन्द्रीय समितिको बैठक बोलाएका हुन् । केन्द्रीय समितिमा उपेन्द्र संग प्रचण्ड बहुमत छ। 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्