झापाका सिडिओ बन्धु मन्त्रालय तानिए, काठमाडौँमा ऋषिले ठाउँ पाए

सोमबार, पुस २२, २०८१

गृह मन्त्रालयले काठमाडौं लगायत सात जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) सहित १२ जना सहसचिव तथा उपसचिवहरूको सरुवा गरेको छ ।

काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाइएको छ । 

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने सुनसरीका प्रजिअ रामचन्द्र तिवारी गृह मन्त्रालयमा आएका छन् । 

यस्तै गृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमाललाई मिश्रको ठाउँमा कैलालीको प्रजिअ बनाई पठाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको सिडिओ भएर सर्लाहीका सिडिओ गोपालकुमार अधिकारी गएका छन्। झापाका सिडिओ बन्धुपसाद बाँस्तोलालाई गृह मन्त्रालय सरुवा गरेर झापामा अधिकारी पठाइएको हो। सर्लाहीमा भने तुलसीबहादुर श्रेष्ठ सिडिओ बनेर गएका छन्।

काठमाडौंपछि आकर्षक मानिएको मोरङको सिडिओमा इन्द्रदेव यादवलाई पठाइएको छ। मोरङका सिडिओ प्रेमप्रसाद भट्टराईको भने गृह मन्त्रालय सरुवा भएको छ।home-ministry-1712143508.jpg

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्