कोशीमा के गर्ने ? प्रदेश प्रमुख बिखलन्दमा परे

बुधबार, वैशाख २६, २०८१

कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार गठनका लागि आह्वान गर्ने वा नगर्ने विषयमा महान्याधिवक्ता दिनमणि पोखरेलसँग राय मागेका छन् । 

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) ले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न भन्दै निवेदन दिएका थिए ।

कोशीका मुख्यमन्त्री कार्कीविरुद्ध एमालेले प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गराएको थियो । संकल्प प्रस्तावमा विश्वासको मत लिन भनिएको भएपनि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन आवश्यक नरहेको दाबी गर्दै आएका थिए ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने समयावधि हिजो सकिएको हो ।

साथै, एमाले–माओवादीका नेताहरुले प्रदेश प्रमुख खापुङलाई भेटेर निवेदन बुझाउँदै सरकार गठनका लागि आह्वान गर्न माग गरेका थिए । सो क्रममा खापुङले संविधान, कानुन र विगतका अभ्यास हेरेर निर्णयमा पुग्ने बताएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्