च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक आइतबारदेखि, केसलाई तीन मिनेट समय

शनिबार, पुस २०, २०८१

नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठक आइतबारदेखि सुरु हुँदै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रतिवेदनमाथि यसअघि समूहगत छलफल हुने गरेको थियो । यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको छ। प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । त्यसपछि अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने एमालेले बताएको छ। 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्