निजी क्षेत्रमा अख्तियारलाई सुँड घुसार्न नदिएको भन्दै प्रचण्डले फुलाए छाती

शनिबार, पुस २०, २०८१

निजी क्षेत्रमा अख्तियारलाई प्रवेश गर्न नदिने वातावरण आफूले बनाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छाती फुलाएका छन्। 

नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं वार्षिक साधरणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै  उनले भने, ‘निजी क्षेत्रका साना व्यवसायीहरुको हिसाव किताव पनि सबै अख्यितारले हेर्ने भन्ने कुरा आइराखेको थियो। तपाईंहरु सबै अख्तियारको फन्दामा पर्ने खतरा पैदा भएको थियो।’

निजी क्षेत्रमा अख्तियार छिराइए सबै बर्बाद हुने भन्दै आफूहरुले त्यसलाई रोकेको प्रचण्डको भनाइ थियो। उनले भने, ‘हामी सबैले निजी क्षेत्रमा अख्तियार छिराइयो भने गयो, सबै बर्बाद हुन्छ भनेर त्यसलाई नआउने बनाएका छौं।’

अख्तियारले निजी क्षेत्रमा सुँड घुसार्न नपाएकोमा उनले व्यवसायीलाई बधाई दिन समेत भ्याए । निजी क्षेत्रमा अख्तियार पस्न नदिने बातावरण आफैले बनाएको र त्यसमा अरूले साथ दिएको उनको तर्क थियो। 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्