बेलायती संसदमा सम्बोधन गर्ने पहिलो नेपाली नेता बन्दै शेखर कोइराला

शनिबार, पुस २०, २०८१

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायतको संसद(वेस्ट मिनिस्टर) मा संबोधन गर्ने हुनु भएको छ । उनले यही १३ जनवरी २०२५ का दिन संसद भवन भित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । 

संसदको त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा बाणिज्य मन्त्रीका साथै वेलायती सांसदहरूको उपस्थिति रहने छ ।
नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाने कार्यक्रम तय भएको छ । 

वेलायतको संसद भवन भित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई संवोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता बन्ने भएका छन् ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्