प्रधानमन्त्री ओलीको पार्टी सचिवालय बैठक घाम चर्किएपछि बस्ने

बिहीबार, पुस १८, २०८१

नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दै छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो  साढे १२ बजे बस्न लागेको हो ।  

आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको सो पार्टीले जनाएको छ । 

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बोलाइएको छ । पार्टीका तीन नेतामाथि भएको कारबाहीपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्