सोसल मिडिया
युनिकोड
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्बाट उर्जा मार्गचित्र–२०८१ पास भएको छ । उक्त मार्गचित्रमा सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने कुरा समेटिएको छ । मन्त्री खड्काले अँग्रेजी नयाँ वर्ष २०१५ को अवसरमा शुभकामना दिने क्रममा सरकारले गरिब तथा विपन्न वर्गलाई पनि जलविद्युत क्षेत्रमा लगानी सुनिश्चित् गर्नेगरि काम गरेको उल्लेख गरेका छन् ।
यस्तो छ मन्त्री खड्काको स्टाटस
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को आगमन सँगै हिजो ९पुस १६ गते मंगलबार० बसेको मन्त्रीपरिषद्को बैठकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रस्तावमा ‘उर्जा मार्गचित्र– २०८१’ पास भएको छ । उक्त मार्गचित्रमा सन् २०३५ सम्म २८५०० मेगावाट विद्युत उत्पादन गर्ने र जसका लागि ४६।५ अर्ब अमेरिकी डलर ९६२ खर्ब ३१ अर्ब नेपाली रकम० बराबरको रकम लगानी हुने कुरा उल्लेख छ । यस्तै, गरिब तथा विपन्न वर्गलाई पनि समेत जलविद्युत क्षेत्रमा लगानी सुनिश्चित गर्ने गरी वर्तमान सरकारले ‘समृद्ध नेपाल’को अभियानलाई अगाडि बढाएको छ । यो सम्पूर्ण नेपाली र नेपालको जलविद्युत क्षेत्रमा खुशीको विषय हो । सन् २०२५ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । दीपक खड्का मन्त्री (उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय)