जेलमा रहेका दीपक मनाङेका स्वकीय सचिवलाई प्रहरीले च्याप्पै पार्यो

शनिबार, पुस १३, २०८१

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेका एक सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । मनाङे डिल्लीबजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन्। मनाङे मन्त्री हुँदा उनका स्वकीय सचिव रहेका टीका भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। 

आज शनिबार भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौको विशेष टोलीले नियन्त्रणमा लिएको हो । लाजिम्पाटमा नुवाकोटका जग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने समूहसँग उनको ‘कनेक्सन’ देखिएपछि पक्राउ गरिएको काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको छ । मनाङेले जेलमै बसेर पनि चलखेल गर्ने गरेको र त्यसको मतियारका रुपमा भण्डारी सक्रिय रहेको प्रहरीको भनाई छ। 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्