झापाको सतासी खोलामा झोलुङ्गे पुल शिलान्यास, कार्कीको सार्थक पहल

शुक्रबार, पुस १२, २०८१

झापाको शिवसताक्षी नगरपालिकाको वडा नम्बर ६ र ७ जोड्ने गरि झोलुङ्गे पुल निर्माणको काम सुरु भएको छ। पुस १२ गते शुक्रबार सो पूलको शिलान्यास गरिएको छ। चन्द्रडाँगी स्थित सतासी खोलामा झुलुङ्गे पुल निर्माण गर्नका सोही क्षेत्रका समाजसेवी समेत रहेका विकासवादी कांग्रेस नेता खड्गबहादुर कार्कीले विशेष पहल गरेका थिए।  उनकै सक्रियतामा त्यहाँ पुल बन्ने योजना परेको थियो।  आज कार्की सहित सो भेगका लब्ध प्रतिष्ठित व्यक्तिहरुले सामूहिक रूपमा झोलुङ्गे पुलको शिलान्यास गरेका हुन् । 

पिएस बाबिरो जेभी जाजरकोटले सो पुल निर्माण गर्ने जिम्मा पाएको छ। सस्पेन्सन ब्रिज डिभिजन काठमान्डूका पूर्व आयोजना प्रमुख कुमार थापाको सहयोग र नेता कार्कीको पहलले सतासी खोलामा पुल बन्ने अवस्था सृजना भएको हो। पुल निर्माणपछि दुवै वडा मात्र नभएर सिंगो सताक्षी नगरपालिका लाभान्वित बन्ने छन्। पुल शिलान्यास भएपछि स्थानीय हर्षित भएका छन्। 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्