रवि लामिछानेको बयान सकियो, सोमबारदेखि थुनछेक बहस

शुक्रबार, पुस १२, २०८१

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ । हिजोबाट सुरु भएको बयान आज सकिएको हो । लामिछानेको बयान लगातार दुई दिन लिईएको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा उनको बयान भएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राईको इजलाशले छविलाल जोशी र लिला पछाईंको बयान लिएको हो । अरू प्रतिवादीको पनि बयान लिने काम सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । सोमबारदेखि थुनछेक बहस हुने बुझिएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्