सोसल मिडिया
युनिकोड
पुस ९ गते बसेको क्याबिनेटले एक सहसचिवलाई सचिव बढुवा गरेको छ।
ओली सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधु भेटुवाललाई सचिवमा बढुवा गरेको हो।
उनी बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ रिक्त रहेको सचिव पदमा भेटुवालसहित ३ जनाको नाम बढुवाका लागि सिफारिस गरेको थियो।