रविको हातखुट्टा नबाँध्न भन्दै सभामुख गुहार्न को-को पुगे ?

सोमबार, पुस ८, २०८१

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै रास्वपाका सभापति रवि लामिछानेको सांसद पद के हुन्छ भन्ने चौतर्फी चासो देखिएको छ । 

सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर भएको हुँदा उनी स्वत निलम्बनमा पर्ने एकाथरीको मत छ भने अभियोग पुष्टि नहुँदासम्म निलम्बन गर्न नहुने अर्काथरीको मत रहेको छ ।

आइतबार नै कास्की प्रहरीले रविविरुद्ध मुद्दा दायर भएको पत्र संसद् सचिवालय र सभामुख देवराज घिमिरेलाई पठाएको थियो । सो पत्रलगत्तै सभामुखले परामर्श थालेका छन् । सभामुख घिमिरे बिहानैदेखि यसबारेमा छलफल गरिरहेका छन् ।

सभामुख घिमिरे छलफल गरिरहँदा रास्वपाका सांसदद्धय सोविता गौतम र गणेश पराजुली घिमिरेलाई भेट्न पुगेका छन् । सभामुख घिमेरे छलफलमा रहँदै गौतम र पराजुली उनको कार्यकक्षमा पुगेका हुन् । अहिले छलफल जारी छ । रास्वपाले रविलाई तत्काल निलम्बन नगर्न सभामुखलाई दवाव दिने तयारी गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्