रास्वपाको हंसले ठाउँ छोड्यो, छानबिन समिति नस्वीकार्ने

मंगलबार, वैशाख २५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको छानबिन समितिको मागलाई अस्वीकार गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने विषय अस्वीकार गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले २८ गतेदेखि बस्ने सदनको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल गरेको रास्वपाले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्