सोसल मिडिया
युनिकोड
आज तीन वटा संसदीय समितिको बैठक बसिरहेका छन्।
जसअन्तर्गत बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक सुरु भएको छ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुँदैछ ।
त्यस्तै, बिहान साढे ११ बजेदेखी बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल भएको छ ।
त्यसैगरी, बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुँदैछ। सोमबार गणपुरक संख्या नपुगेपछि बैठक आजलाई सारिएको हो।