Dashain Banner
Dashain Banner

गज्जबको संयोग, एकै नामका र एकै गाउँका तीन कर्मचारी एकै कार्यालयमा कार्यरत

सोमबार, मंसिर ३, २०८१

संयोग पनि अनेक हुन्छ। त्यहि अनेक मध्येको एक संयोगले यतिबेला तीन राष्ट्रसेवक कर्मचारी चर्चित बन्न पुगेका छन्। कुनै विशिष्ट काम गरेर भन्दा पनि एकै नाम र थर अनि एकै कार्यालयमा कार्यरत भएका कारण विमला अर्याल एकै नाम गरेका तीन कर्मचारीले यतिबेला सामाजिक संजालमा ध्यान खिचेका छन्। 

उच्च अदालत बुटवल ईजलासमा तीन जना उही नामकी अर्याल कर्मचारीहरू क्रमश : खरिदार, सुब्बा र शाखा अधिकृतका रुपमा कार्यरत छन्। नाम र थर मात्र नभई तीनै जना  गुल्मीको मालिका गाउँपालिकाका भएको बुझिएको छ। 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्