Dashain Banner
Dashain Banner

बिष्टलाई सचिवमा बढुवा गरेको मन्त्रिपरिषद् बैठकले दुई मन्त्रीलाई विदेश पठाउने

बिहीबार, कात्तिक ८, २०८१

साँझपख बसेको मन्त्रिपरिषद् बैठक केही बेर अघि मात्र सकिएको छ।  क्याबिनेट बैठकले सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम सिफारिस गरेको थियो ।

त्यस्तै मन्त्रीपरिषद् बैठकले दुई जना मन्त्रीको विदेश भ्रमण पनि स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । कृषि मन्त्री रामनाथ अधिकारी र महिला मन्त्री नवलकिशोर साह सुडीको कतार र कोलम्बिया भ्रमणको स्वीकृति दिएको हो । 

त्यस्तै केही कर्मचारीको पनि विदेश भ्रमण स्वीकृत दिएको छ । संघीय मामिला मन्त्रालयको प्रस्तावमा दुई कर्मचारीको राजीनामा स्वीकृत गरेको छ । अन्य केही प्रशासनिक निर्णय भएको बुझिएको छ। 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्