सरकारले गर्यो पाँच डाक्टर सचिवको सरुवा, महिला सचिवलाई उपराष्ट्रपतिको जिम्मा

शुक्रबार, वैशाख २१, २०८१

प्रचण्ड सरकारले फेरि सचिवको सरूवा गरेको छ। हिजोको क्याबिनेटले आधा दर्जन सचिवको सरुवा गरेको हो।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन्  भने पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सारिएका छन्। उनलाई अघिल्ला मन्त्री सुदन किराँतीले त्यहाँ लागेका थिए। 

त्यस्तै डा. दीपककुमार खराल वन तथा वातावरण मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकासमा सरुवा भएका छन् । अर्का सचिव डा.गोविन्दप्रसाद शर्माको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ। 

त्यसैगरी, डा. रेवतीरमण पौडेल कृषि पशुपन्छी विकास मन्त्रालयबाट कृषि विकासमा पुगेका छन् भने राधिका अर्याल लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालबाट उपराष्ट्रपतिको कार्यालयमा तानिएको छ।  

उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौलालाई अघिल्लो पटकको सचिव सरुवामा सामान्य प्रशासन मन्त्रालयमा पुर्याईएको थियो। सरुवा गरिएका सचिवमध्ये अर्याल बाहेकका अरु सबै सचिव पिएचडी हुन्। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्