सोसल मिडिया
युनिकोड
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा विभागको सदस्यमा १० सदस्य मनोनयन गरेका छन् ।
नेपाली काँग्रेसको विधान, २०१७ संशोधन सहितको धारा २५ बमोजिम पार्टीका केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको शिक्षा विभागको सदस्यमा १० सदस्य मनोनित गरिएका हुन्।
मनोनयन भएका सदस्यमा प्रा डा कमलदीप ढकाल (सिन्धुली), राजकुमार आचार्य (खोटाङ), पुजा पासवान (महोत्तरी), हरिसिंह केसी (धादिङ), त्रिबिक्रम पाण्डे (काठमाडौँ), राजन श्रेष्ठ (काठमाडौँ), किरण भट्ट (गोरखा), लालमणि भण्डारी (दाङ), खेमराज केसी (दैलेख) र तारामान रावल (कैलाली) रहेको पार्टीका कार्यवाहक मुख्यसचिव डा.प्रदीप पराजुलीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।