Dashain Banner
Dashain Banner

सामान्य सचिव निरौलाले स्थानीय तह सर्लक्कै भर्ने, उपसचिवको सरुवा चाँही गर्‍या गर्‍यै गर्ने

बिहीबार, वैशाख २०, २०८१

कर्मचारीको अभावमा काम रोकिएका र निमित्तले साम्राज्य चलाएका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने निर्णय सुनाएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका नयाँ सचिव मुकुन्दप्रसाद निरौलाले आफ्नो निर्णय कार्यान्वयन गर्न थालेका छन्। 

मन्त्रालयमा फाजिलमा रहेका अतिरिक्त समुहमा रहेका कर्मचारीलाई समेत काममा खटाएका छन्। अतिरिक्त समुहमा रहेका २३ जना उपसचिव सहित ४८ जना उपसचिवको मन्त्रालयले सरुवा गरेको हो। अधिकांशको स्थानीय तहमा सरुवा गरिएको छ । यो भन्दा अघिको पछिल्लो पटक सामान्यले चार उपसचिवको सरुवा गरेको थियो। 

४८ उपसचिवको सरुवा  सूची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्