दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्च अदालतले मानेन

मंगलबार, असोज ८, २०८१

मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

सोमबार उनका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले छाड्न अस्वीकार गरेको हो।

राउतको इजलासले उनलाई पक्राउ गर्नुको कारण पेश गर्न मात्रै आदेश दिएको हो।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्