Dashain Banner
Dashain Banner

सचिवसहित १६ जनाले भ्रष्टाचार मुद्दामा पाए सफाइ

मंगलबार, वैशाख ११, २०८१

बिशेष अदालतले कर्णाली प्रदेशका तत्कालिन सचिवसहित १६ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीतभण्डर निर्माणसम्बन्धि भ्रष्टाचार मुद्दामा अदालतले सफाइ दिएको हो ।

प्रदेशको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालिन सचिव राजेन्द्र प्रसाद भारी, सब इन्जिनियर गणेश भण्डारी, वरिष्ठ अर्थ कृषि विज्ञ हरि प्रसाद पण्डित, लेखा अधिकृत हरि बहादुर थापा, कृषि विकास निर्देशनालयका निर्देशक भक्तिराम शर्मा, कृषि अधिकृत गुरु प्रसाद अधिकारी र उत्तम कुमार बस्नेतले सफाइ पाएका हुन् ।

उच्च मुल्य कृषि विकास आयोजना सुर्खेतका लेखा अधिकृत खिमलाल वली, कृषि अधिकृत सुरेश कुमार थापा, सहलेखापाल उषा ठाडा, सब इन्जिनियर सुबर्णराज भारती, कर्णाली कोल्ड चेन लजिष्टिकका पूर्वअध्यक्ष प्रकाश अधिकारी, अध्यक्ष कलाधर उपाध्याय, सदस्य लक्ष्मण कँडेल र प्रवल शाही तथा इन्जिनियर महेश शर्माले सफाइ पाएका हुन् ।

उनीहरुविरुद्ध ९२ लाख ४३ हजार बिगो कायम गरी गत २५ साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्