Dashain Banner
Dashain Banner

कर्मचारीले अब सट्याकसुटुक खाजा खाईसक्नु पर्ने, बरालिए कारबाही

आइतबार, भदौ २३, २०८१

सुशासनको प्रत्याभूति गराउने भाषण गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको खाजा समय छोट्याउन निर्देशन दिएका छन् ।

सरकारले सरकारी कार्यालयहरूमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरूलाई परिपत्र गर्दै खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म मात्रै छुट्याएर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

१२ पुस २०८० को मन्त्रिपरिषद्को निर्णयअनुसार २९ माघ २०८० मा प्रकाशित राजपत्रले सबै सरकारी कार्यालयको खाजा समय तोकेकाले त्यसअनुसार नै गर्न पत्रमा भनिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार तोकिएको खाजा समयबारे सूचना सूचना पाटीमा टाँस्ने र अन्य समयका सेवा प्रवाह र कार्यालयको काम नरोक्ने व्यवस्था गर्न सम्बन्धित कार्यालय प्रमुखले मिलाउनुपर्ने परिपत्रमा उल्लेख छ ।

पत्रमा अनुगमनका क्रममा कतिपय निकायमा खाजा समय तोकिएभन्दा बढी निर्धारण गरिएको र खाजा समय पालना नभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

खाजा समय छोट्याएपछी कर्मचारीले अब सट्याकसुटुक खाजा खाईसक्नु पर्ने भएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्