Dashain Banner
Dashain Banner

जलहरीमा जोडिएका तीन भाईलाई विशेष अदालतले छर्कियो सुनपानी

मंगलबार, वैशाख १८, २०८१

पशुपतिको गर्भगृहको जलहरी प्रकरणका तीनभाईलाई विशेष अदालतले सुनपानी छर्किएको छ। 

प्रतिवादीहरु डा प्रदिप ढकाल, डा मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई अदालतले सफाइ दिएको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरू निर्दोष भएको ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष १४ असोजमा विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

पशुपतिको जलहरी निर्माण र प्रतिस्थापनमा अनियमितता भएको दाबीसहित तीनैजनालाई प्रतिवादी बनाई मुद्दा चलाइएको थियो। जलहरीमा एक हजार ४ सय ९१ ग्राम ७१८ मिलिग्राम सुन भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको थियो।

ढकाल सदस्य सचिव र थापा कोषाध्यक्ष थिए। कोषाध्यक्षको पदावधि सकिएपछि थापालाई सरकारले सदस्य सचिव बनाएको थियो। उनीमाथि मुद्दा दायर भएपछि राजु केसीले सदस्य सचिवको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्