Dashain Banner
Dashain Banner

नक्कली लाईसेन्स काण्डमा यातायातकै पूर्व डिजीका प्यारा समातिए

सोमबार, वैशाख १७, २०८१

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा जोडिएकाहरू नियन्त्रणमा पर्ने क्रम जारी छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप एक जनालाई पक्राउ गरेको छ।

समातिनेमा यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डे छन् । उनी यातायात ब्यबस्था विभागका पूर्व महानिर्देशक टोकराज पाण्डेका विश्वासपात्र हुन् ।

गत शुक्रवार मात्रै यातायात कार्यालयमै करारमा कार्यरत इन्जिनियर हरिश भट्ट पक्राउ परेका थिए । त्यसको भोलिपल्ट हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल समातिएका थिए। अर्याल यातायातकै पूर्व कर्मचारी हुन् ।

 नक्कली लाईसेन्स प्रकरणमा समातिनेको संख्या तीन पुगेको छ। दुई जनालाई पाँच दिनको म्याद लिएर प्रहरीले बकाईरहेको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्