विपक्षी दलका नेतामध्ये नयाँ सरकारलाई साथ दिन क-कसले उचाले हात ?

मंगलबार, असार १८, २०८१

विकशित राजनीतिको समिक्षा गर्न र भावी सत्ताको हिसाबकिताब गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डाकेको विपक्षी दलका नेताबीचको छलफल सकिएको छ ।

आज साँझ बसेको बैठकमा देउवाले सोमबार राती एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीसँगको सहमतिबारे जानकारी गराएका छन् । 

छलफलमा नेपाली कांग्रेसका उपसभापति पूुर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला लगायतको उपस्थिति थियो।

बैठकमा देउवाले एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेको र साथ दिन आग्रह गरेका थिए । जवाफमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल संविधान संसोधनको पक्षमा रहेको भन्दै साथ दिने जवाफ दिएको स्रोतले जनाएको छ ।

अन्य मधेशवादी दलका नेताले पनि आफूहरुको साथ रहने आश्वासन दिएका छन् । उपेन्द्र र राजेन्द्र नयाँ सत्ता गठबन्धन बनेपछि हौसिएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्