नौ महिना सञ्चार सचिव हुँदा अर्यालले के-के बिताए ? को हुन्छ कामु मुख्यसचिव ?

आइतबार, असार ९, २०८१

प्रधानमन्त्री प्रचण्डले आज विहानै मुख्यसचिव बैकुण्ठ अर्याललाई बालुवार बोलाए। अर्याललाई बालुवाटार बोलाउनुको कारण अरू केही नभएर राजीमाना दिएर सहयोग गर्नु भन्ने मात्र थियो। 

अख्तियारको शुक्रबार बसेको बैठकले अन्तःशुल्क स्टिकर छाप्दा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव बैकुण्ठ अर्यालसहितका सरकारी अधिकारीलाई मुद्दा चलाउने निर्णय गरेको थियो। उक्त निर्णयको जानकारी अख्तियारका प्रमुख आयुक्त प्रेम राईले शनिवारै प्रधानमन्त्रीलाई गराएका थिए। 

मुख्यसचिव अर्यालले ९ महिनासम्म सञ्चार सचिव रहँदा ४३ करोड ३२ लाख स्टिकर छाप सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच करिब ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता गराएका थिए। हो यसैमा अर्यालले सोझै भ्रष्टाचार गरेको फेला परेपछि उनी सहितका अन्य कसुरदार विरुद्द मुद्दा दायर हुने भएको हो। 

त्यसबेला विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक थिए । पौडेल कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्न ठेक्का लगाइएको थियो । यो प्रकरणमा पौडेल यसअघि नै अनुसन्धानमा तानिइसककेा छन् । मुद्दा दायर भएपछी अर्याल स्वत निलम्बनमा पर्छन। अर्याल निलम्बनमा परेपछि तोयानारायण ज्ञवाली, रामकृष्ण सुबेदी, दिनेशकुमार भट्टराई मध्ये कसैले कामु मुख्यसचिवको जिम्मेवारी पाउन सक्छन। वरिष्ठ सचिव मध्येका अघिल्लो सूचीकालाई उक्त जिम्मेवारी दिईनेछ। 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्