सपना र शारंगाको इजलासले हेरिसकेन, रविको मुद्दा असार १६ लाई सर्यो

शुक्रबार, असार ७, २०८१

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ सकिएन । सुनवाइ नसकिएपछि सो रिट हेर्दाहेर्दैमा राखिएको छ । 

न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुबेदीको संयुक्त इजलासमा शुक्रबार सुनुवाइ भएको थियो । तर, सुनुवाइ नसकिएपछि असार १६ का लागि अर्को पेसी तोकेर हेर्दाहेर्दैमा राखिएको हो । 

अधिवक्ता अनुपम भट्टराईले सहकारी प्रकरणमा मुछिएका लामिछानेमाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई मन्त्रीबाट तत्कालन निलम्बन गर्न माग गर्दै रिट दायर गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्