संवैधानिक परिषदले निर्वाचन आयुक्तमा सिफारिस गरेको प्रधान को हुन् ?

आइतबार, असार २, २०८१

संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको रिक्त रहेको आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ ।

आज (आइतबार) बसेको बैठकले निर्वाचन आयोगसहित प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग र मुस्लिम आयोगमा एक–एकजना सदस्य नियुक्तिको लागि सिफारिस गर्ने विषयमा निर्णय गर्ने तयारी थियो । तर, निर्वाचन आयोगबाहेक अन्यमा भने आज सहमति हुन नसकेको बताइएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने संवैधानिक परिषद्को बैठकमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नतो र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।

आयोगको आयुक्त पदमा नियुक्तिका लागि सिफारिस भएका प्रधान लामो समयदेखि नेपाल कानुन समाज नामक गैर सरकारी संस्थामा कार्यरत थिए ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  २३:०१
प्रतिक्रिया दिनुहोस्