Dashain Banner
Dashain Banner

कांग्रेसको कोटामा नियुक्त भएका ११ राजदूतलाई प्रचण्ड सरकारले फिर्ता बोलायो

बिहीबार, जेठ २४, २०८१

प्रचण्ड सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सीमावर्ती भारतदेखि सात समुन्द्रपारको अमेरिकासम्मका ११ राजदूतलाई घर फर्काउने निर्णय गरेको हो।

नेपाली कांग्रेसको कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाईएको हो।

सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, शर्मिला पराजुली ढकाल,स्पेन, राम राय डेनमार्क,अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल(भण्डारी), नवराज सुवेदी साउदी, कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिर्ता बोलाएको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै पोर्चुगलका लागि नेपाली राजदूत सनिल नेपालको नियुक्तिसमेत रद्द गरिएको छ । उनी सबैभन्दा पछि राजदूत बनाईएका थिए।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्