भारत दिने भनिएको २ खर्ब ४० अर्ब मध्ये ५६ अर्ब मात्र अनुदान, बाँकी सबै ऋण

मंगलबार, मंसिर ८, २०८३

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा घोषणा भएको २ खर्ब ४० अर्ब रुपैयाँको आर्थिक सहयोग प्याकेजमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा बोल्दै उनले ऋण सुविधा एकैपटक लिनुपर्ने नभई आवश्यकताअनुसार उपयोग गर्न सकिने स्पष्ट पारे । उनका अनुसार उक्त ऋण भारतीय रुपैयाँमा लिएर भारतीय रुपैयाँमै भुक्तानी गर्न सकिने विकल्प पनि खुला भएको छ ।

विगतमा अमेरिकी डलरमा ऋण लिँदा विनिमय दरका कारण नेपालको ऋण दायित्व बढेको उल्लेख गर्दै उनले भारुमा कारोबार गर्दा विनिमय जोखिम हट्ने बताए ।

ऋणको ब्याजदर, भुक्तानी अवधि र ग्रेस पिरियड भने प्राविधिक वार्ताबाट टुंगो लाग्ने उनले जानकारी दिए । ऊर्जा तथा प्रसारण लाइनलगायत पूर्वाधार विकासका लागि आवश्यकताअनुसार उक्त सुविधा उपयोग गरिने उनको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १४:३५
प्रतिक्रिया दिनुहोस्