कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन थापा मज्जैले गर्जिने

मंगलबार, मंसिर ८, २०८३

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने छ।

बैठकको प्रारम्भमा सभापति गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, सरकारको काम र शैलीको समीक्षा, पार्टीले सञ्चालन गर्न लागेको ‘हामी तयार छौं’ अभियानको सञ्चालन मोडालिटी,बाढी प्रभावितका लागि पुनर्वास, सुकुम्बासीका समस्या लगायतका एजेन्डामा छलफल हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १२:४५
प्रतिक्रिया दिनुहोस्