देश बनाउने टोलीको सफलतापछि वालेन्द्रले देखाए देश उँभो लाउने टोली

मंगलबार, मंसिर ८, २०८३

भारत भ्रमणमा सँगै रहेका दुई मन्त्रीको तस्बिर राख्दै प्रधानमन्त्री वालेन्द्र शाहले प्रशंसा गरेका छन्। 

प्रधानमन्त्री शाहले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको आफ्नो तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। उनले त्यसमा लेखेका छन्, ‘देश उभो लाउने टोली!’

अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा गएका थिए। त्यही क्रममा तीनै जनाले संयुक्त तस्बिर लिएका थिए। 

प्रधानमन्त्री शाहले दुवै जना मन्त्रीको प्रशंसा पनि गरेका छन्। उनले लेखेका छन्, ‘निक्कै मिहिनेती मान्छेहरू।’

यस अघि प्रधानमन्त्री वालेन्द्रले गृह मन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनील लम्साल सहित आफ्नो फोटो फेसबुकमा सार्वजनिक गर्दै देश बनाउने टोली लेखेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १३:४४
प्रतिक्रिया दिनुहोस्