सोसल मिडिया
सम्पर्क
युनिकोड
नेकपा एमालेले आज स्थानीय तहका जनप्रतिनिधिहरुको भेला गर्दैछ। एमालेको स्थानीय विकास विभागले स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम गर्न लागेको हो।
शुक्रबार बिहाहन ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रकाशन एवं प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
एमाले हिजो केन्द्रीय कमिटीको बैठक गरेको थियो भने त्यसअघि राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो। स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर एमालेले पार्टीका आन्तरिक भेला र बैठकहरु निरन्तर गरिरहेको छ।