श्रीकान्त श्रीमानले दानबहादुरले गरेको दाबीको जाँचपड्ताल गर्ने

बुधबार, मंसिर २, २०८३

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट सरकारले हटाएका दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदन सुनुवाइका लागि आज (बुधबार) पेसी तोकिएको छ। 

कार्कीको रिट सर्वोच्चका न्यायाधीशल श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको हो। तिहारअघि नै दर्ता गरिएको रिटको पेसी यसअघि सोमबारका लागि तोकिएको थियो। तर सोमबार सरकारले छठको बिदा दिएकाले सुनुवाइ गर्ने मिति दुई दिनपछि आजलाई सारिएको हो। 

कात्तिक १८ गते सरकारले आफूलाई आईजीपीबाट हटाएपछि कार्कीले वारेसमार्फत भोलिपल्ट १९ गते नै सर्वोच्चमा रिट पेस गरेका थिए। तर अदालतले एक दिन अध्ययन गरेर कात्तिक २० गते मात्र दर्ता गरेको थियो। तर त्यसलगत्तै तिहार बिदा सुरु भएकाले सुनुवाइमा ढिलाइ भएको हो।

रिट निवेदनको अन्तिम किनारा नलागेसम्म आफूलाई हटाउने कात्तिक १८ को निर्णय कार्यान्वयन नगर्न र आफूलाई महानिरीक्षक पदमा रही कामकाज गर्न दिन अन्तरिम आदेश माग गरेका छन्।

केसीलाई नियुक्त गर्ने, दर्ज्यानी चिह्न प्रदानलगायत सम्पूर्ण निर्णय बदर गर्न पनि रिटमा उनले माग गरेका छन्। रिटको सुनुवाइमा अग्राधिकार प्रदान गर्न पनि माग गरिएको छ। 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १०:०३
प्रतिक्रिया दिनुहोस्