आन्दोलनका लागि तयार रहन ओलीको निर्देशन, असह्य भएपछि पुल्ठो झोस्ने

मंगलबार, मंसिर १, २०८३

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकमा उनले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने अवस्था आउने बताए । 

“आन्दोलनको मानसिकताका साथ साथीहरू सबै हरदम तयार रहनू । आन्दोलन सधैँ लामो तयारी गरेर हुन्छ भन्न सकिँदैन । असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,” उनले भने । 

उनले कहीँ विद्रोह, कतै चुनाव त कहीँ उपद्रवबाट उलटफेर हुने बताए । “कुनै पनि समय आन्दोलनमा जानुपर्ने हुनसक्छ । त्यसकारण साथीहरू तयार रहनुहोला,” उनले भने । 

उनले आफूहरू सधैँ अफ्ठ्यारोसँगै जुध्दै आएको बताए । सबै शक्ति मिलेर सिध्याउन खोज्दा पनि जहाँको त्यही रहेको बताए । “हामीलाई कसैले बहिष्कार गर्छ कि गर्दैन। मतलब पनि छैन । नेपालको सबैभन्दा मजबुत देशभक्त, सबैभन्दा व्यापक सुदृढ शक्ति एमाले हो,” ओलीले भने ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १४:०६
प्रतिक्रिया दिनुहोस्