सोसल मिडिया
सम्पर्क
युनिकोड
नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावी परिणाम जे भए पनि आफू सर्लाही–४ को प्रतिनिधि भएको बताएका छन् । छठ मनाउन आफू चुनाव लडेको क्षेत्र सर्लाही–४ पुगेका थापाले आइतबार यस्तो बताएका हुन् ।
‘योपटक मधेश जाने भनेपछि सर्लाही–४ आफ्नै ठाउँमा आएको हुँ । यो बीचमा पार्टीको अधिवेशन सम्पन्न भयो । सबैले सहयोग गर्नुभयो । कृतज्ञ छु । सभापतिको जिम्मेवारी लिएपछि क्षेत्रले कार्यक्रम राखेर आउने भन्ने थियो । छठपछि केन्द्रीय समिति बैठक राखेर तीन–चार दिनको समय लिएर आउँछु,’ थापाले भने, ‘जे भए पनि यहाँको प्रतिनिधि हुँ । सबै ठाउँ पुग्छु ।’
उनले पुसमा जिल्ला अधिवेशन र त्यसलगत्तै कांग्रेसको प्रदेश अधिवेशन हुने पनि बताए । त्यसपछि स्थानीय तहको निर्वाचनमा होमिने उनको भनाइ छ ।