सोसल मिडिया
सम्पर्क
युनिकोड
नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बाेलाएको छ । आगामी मंसिर ५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
एमालेले केन्द्रीय कमिटी बैठकअघि राष्ट्रिय भेला गर्दै छ । राष्ट्रिय भेलालगतै केन्द्रीय कमिटी बैठक र स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिएको छ । राष्ट्रिय भेला मंसिर २ र ३ गतेलाई तोकिएको छ । राष्ट्रिय भेला कार्की ब्याङ्क्वेट, काठमाडौंमा हुनेछ ।
त्यस्तै, मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिएको छ । सो भेला पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि हुनेछ ।