सोसल मिडिया
सम्पर्क
युनिकोड
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले दानबहादुरलाई प्रहरीका महानिरीक्षक आईजीपी पदबाट हटाउन कुनै निर्देशन नदिएको बताएका छन्।
सांसदसमेत रहेका खरेलले आईजीपी हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको बताएका हुन्।
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले भने, ‘आईजीपी हटाउने वा राख्ने विषय सरकारको निर्णय र विवेकमा निर्भर रहन्छ।’