Tihar Banner
Tihar Banner

दश जनाको सिटमा १५ जना यात्रु बोकेको ईभी दुर्घटना हुँदा दश जनाको मृत्यू

बिहीबार, कात्तिक २६, २०८३

मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको ईभी दुर्घटनामा क्षमताभन्दा बढी यात्रु सवार रहेको खुलेको छ । १० सिट क्षमता भएको हाइस ईभीमा १५ जनाले यात्रा गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा मृत्यु भएका तथा घाइते भएका सबै सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका स्थानीय रहेको बुझिएको छ ।

बिहान झिसमिसेमै दुर्घटना भएकाले चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

यद्यपि, दुर्घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन । दुर्घटनामा संलग्न चालकको अवस्था र पहिचानसमेत अहिलेसम्म यकिन हुन सकेको छैन ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  १०:१३
प्रतिक्रिया दिनुहोस्