सोसल मिडिया
सम्पर्क
युनिकोड
नेपाली कांगेसका सभापति गगन थापा तराई-मधेशको महत्त्वपूर्ण पर्व छठ मनाउन सर्लाही-४ जाने भएका छन्।
काठमाडौँमा नेपाल संवत् तथा तिहार पर्व सम्पन्न गरेलगत्तै सभापति थापा छठ पूजाको मुख्य अवसर पारेर सर्लाही पुग्ने कार्यतालिका तय भएको उनको सचिवालयले जनाएको छ। गत फागुन २१ मा भएको निर्वाचनमा थापा सर्लाही-४ बाट उम्मेदवार बनेका थिए।
सर्लाहीमा रहँदा उनले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा निर्माण गरिएका छठ घाटहरूमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक विधिमा सहभागिता जनाउनेछन्। यससँगै उनले स्थानीय मतदाता, नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष भेटघाट गरी छठ पर्वको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम तय गरिएको छ।
मंगलबार थापा नेपाल संवत् ११४७ को अवसरमा आयोजित विशेष कार्यक्रमहरू तथा नेवार समुदायको परम्परागत म्हः पूजामा सहभागी भएका छन्।
त्यस्तै, बुधबार भाइटीकाको दिन घरमै सामान्य रूपमा पारिवारिक वातावरणमा तिहार मनाउने र त्यसलगत्तै छठ पर्वका लागि मधेश झर्ने कार्यक्रम रहेको छ।