सोसल मिडिया
सम्पर्क
युनिकोड
युरोपेली मुलुक पोल्यान्डमा गत दसैँको टीकाको दिन मृत्यु भएका मोरङका द्रोणप्रसाद गौतमको शव नेपाल पठाइने भएको छ। मोरङ उर्लाबारी, स्कुलडाँडा घर भएका ५० वर्षीय गौतम गत अक्टोबर २१ मा सुतेकै ठाउँमा मृत भेटिएका थिए।
रोजगारीको सिलसिलामा सन् २०२३ अक्टोबर २ मा पोल्यान्ड आएका मृतक गौतम कार्चेव सहरस्थित सुपरड्रप कम्पनीमा सोलानो एजेन्सीमार्फत मासु प्रशोधन तथा उत्पादन गर्ने कम्पनीमा काम गर्थे।
सबै प्रक्रिया पूरा गरी गौतमको शव आज (मंगलबार) कतार एयरलाइन्सको उडानबाट नेपाल पठाउन लागिएको नेपाली राजदूतावास जर्मनीले जनाएको छ।
जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका तृतीय सचिव दिपेन्द्र प्रसाद साहका अनुसार मृतक द्रोणप्रसाद गौतमको शव नोभेम्बर १० तारिख वारसाको चोपिन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय बिहान ९ बजे प्रस्थान गर्ने उडानबाट कतारको दोहा हुँदै ११ तारिख बिहान ८:२० बजे काठमाडौँ पुग्ने तालिका छ।
११ तारिख भनेको भोलि कात्तिक २५ गते हो। जुन दिन तिहारको भाइटीका छ। दु:खद संयोग! दसैँ टीकाका दिन मृत्युको खबर सुनेको परिवारले भाइटीका लगाउने दिन शव देख्नुपर्ने भएको छ।