सोसल मिडिया
सम्पर्क
युनिकोड
यमपञ्चक अर्थात् तिहारका अवसरमा काठमाडौंको गोठाटारस्थित ‘असहाय गाईबाच्छा संरक्षण स्थल’मा विशेष श्रद्धा र विधिपूर्वक गाईपूजा गरिएको छ।
हिन्दू परम्पराअनुसार गाईलाई गौमाताका रूपमा सम्मान गर्दै संरक्षण केन्द्रमा आश्रय लिइरहेका गाईबाच्छाहरूलाई माला लगाइदिएर मीठा–मीठा परिकार खुवाई पूजाआजा गरिएको हो।
उक्त संरक्षण केन्द्रले विगत आठ वर्षदेखि सडकमा बेवारिसे, घाइते तथा अलपत्र अवस्थामा परेका असहाय गाई तथा बाच्छाबाच्छीको उद्धार, उपचार र स्याहारसुसार गर्दै आएको छ।
संरक्षणविहीन अवस्थामा छाडिएका पशुचौपायालाई सुरक्षित बासस्थान उपलब्ध गराउँदै आएको यस केन्द्रमा हरेक वर्ष गाईतिहारका दिन विशेष रूपमा गौपूजन कार्यक्रम आयोजना हुने गर्दछ।
सडकमा छाडिएका असहाय गाईबाच्छाको संरक्षणका लागि नागरिकस्तरबाट सञ्चालित यस्तो कार्यले समाजमा मानवीयता, प्राणीप्रतिको दयाभाव र सनातन संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।