Tihar Banner
Tihar Banner

लक्ष्मीपूजाकै दिन बिजुली पसलमा आगलागी हुँदा तीन करोड स्वाहा

सोमबार, कात्तिक २३, २०८३

बाँकेको नेपालगन्ज बजारसँग जोडिएको जानकी गाउँपालिका वडा नम्बर ३ को कोरियनपुरस्थित दुई बिजुली पसलमा आइतबार साँझ भीषण आगलागी भएको छ। 
    
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार जय हनुमान ट्रेड एण्ड सप्लायर्स र लक्ष्मी बिजुली भण्डारमा आगलागी हुँदा कम्तीमा रु तीन करोडबराबको क्षति भएको अनुमान गरिएको  छ।
     
जेएस स्कुल नजिकै रहेको  बिजुली पसलमा विद्युतीय अनियमितताका कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चारवटा दमकल प्रयोग गरी करिब तीन घण्टामा आगो नियन्त्रणमा आएको प्रहरी उपरीक्षक राठौरले बताए।

बिजुली पसलमा भएको क्षतिको पूर्ण विवरण अझै आएको छैन। स्थानीयवासीका अनुसार आगलागीबाट पसलमा रहेका विद्युतीय सामान नष्ट भएको छ। स्थानीयवासी लक्ष्मीपूजामा व्यस्त भएका बेला सो आगालागी भएको थियो।

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  १०:१४
प्रतिक्रिया दिनुहोस्