Tihar Banner
Tihar Banner

शैलुङमा फिल्म सुटिङ गर्नेको लाग्न थाल्यो लर्को, ओईरिए पर्यटक

बुधबार, कात्तिक २५, २०८३

दोलखा जिल्लाको चर्चित पर्यटकीय स्थल शैलुङमा चलचित्र छ्याङ्कन गर्नेको भीड लाग्न थालेको छ । 

प्रकृतिको अनुपम नमूना शैलुङमा पछिल्ला वर्ष आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् ।

खुला चलचित्र छायाँकन नगरीकै रूपमा शैलुङ पछिल्ला दिनमा चर्चित भएको हो। स्वदेशी मात्र होइन विदेशी चलचित्रको समेत सुटिङ हुन थालेपछि सो क्षेत्रको प्रसिद्धि अन्तराष्ट्रिय रुपमै बढ्न थालेको हो ।

शैलुङमा यो वर्ष मात्र ६ वटा चलचित्र सुटिङ भएका छन् । सुटिङ भएमध्येका तीन चलचित्र रिलिज भईसकेका छन् भने बाँकी तयारी अवस्थामा छन्। अझै दर्जनको संख्याका चलचित्र निर्माताले छ्याङकनका लागि शैलुङ रोजेको बुझिएको छ ।

शैलुङ चलचित्र उद्योगमा खुला छायाँकनको लागि रोजाईमा पर्न थालेपछि पर्यटकको समेत भीड बढ्न थालेको हो।

सुनिए अनुसार केही विदेशी चलचित्रले पनि छायाँकनको लागि तयारी गरिरहेका छ्न ।

अब शैलुङ देखि तामाकोशी सम्मको सम्पूर्ण भागलाई नै चलचित्र छायांकन स्थलको रुपमा विकास गर्न शैलुङ र मेलुङ गाँउपालिकाले तयारीमा लागिहाल्न पर्ने शैलुङको प्रचार र विकाशमा लागिरहनु भएका अगुवा शोभित उप्रेतीको तर्क छ ।

काठमाण्डौ उपत्यकाबाट नजिक पर्ने र सडकको समेत राम्रो प्रबन्ध भएका कारण शैलुङमा पर्यटकको चाप बढ्न थालेको हो । 

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  ०८:४८
प्रतिक्रिया दिनुहोस्