सोसल मिडिया
युनिकोड
सरकारले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई पक्राउ गरेको छ।
तर पक्राउबारे आधिकारिक निकायसँग कुनै जानकारी हालसम्म छैन। उनीहरू पक्राउबारे नेपाल प्रहरीले आधिकारिक रुपमा जानकारी नरहेको बताउँछ भने ऊर्जा मन्त्रालयले पनि पक्राउ भएको जानकारी भएको तर कहाँ छन् भन्नेबारे थाहा नभएको बताउँछ।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले दुई जनाका बारेमा जानकारी नरहेको बताए। उनले बुझेर जानकारी गराउने भने पनि त्यसपछि भने सम्पर्कमा आएनन्।
ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले आफू मातहतको कार्यालयका कर्मचारी पक्राउका बारेमा विस्तृत जानकारी नभएको बताए। ‘पक्राउ परेको भन्नेबारे सुन्नमा आएको छ। तर कहाँ लगियो भन्नेबारे जानकारी छैन’, उनले भने।