Dashain Banner
Dashain Banner

अर्थमन्त्री वाग्ले सचिव समेतलाई बोकेर बैंकक उडे, टिका लगाउन यतै आउने 

मंगलबार, असोज २७, २०८३

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज थाइल्यान्डको राजधानी बैंकक उड्ने भएका छन् ।

उनको सचिवालयले दिएको जानकारीअनुसार विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन वाग्ले थाइल्यान्ड उडेका छन्। आज मङ्गलबार दिउँसो १ः३० बजे थाइ एयरलाइन्सको जहाजमार्फत उनी बैंकक उडेका छन्। 

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकमा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा धेरै द्विपक्षीय र बहुपक्षीय बैठक तथा छलफलमा सहभागिता जनाउने उनको सचिवालयले जानकारी दिएको छ ।

अर्थमन्त्रीसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक गएका हुन्। 

अर्थमन्त्री वाग्लेसहितको नेपाली टोली आगामी कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १३:५०
प्रतिक्रिया दिनुहोस्